माघ ७, काठमाण्डौ । अमेरिकी दुतावास नजिकै इरानले तीन वटा रकेट आक्रमण गरेको छ । उक्त रकेट आक्रमण इराकको राजधानी बगदादमा अमेरिकी दूतावास नजिकै गरिएको हो । उक्त रकेट आक्रमण बगदाद बाहिर जफरनिया जिल्लाबाट गरिएको बताइएको छ ।
अमेरिकाले गरेको हवाई आक्रमणमा इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि अहिले दुई देशवीच तनाब सिर्जना भइरहेको छ । सुलेमानीको मृत्यु भएपछि इरान सरकारले सही ठाँउमा यसको बदला लिने बताउदै आएको थियो ।