युक्रेन जहाजमा इरानले दुई मिसाइल हानेको खुलासा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ ७, मंगलबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाण्डौ । जनवरी ८ मा युक्रेन इन्टरनेसनल एयरलायन्सको जहाजमा इरानले दुई मिसाइल हानेको खुलेको छ । इरानको नागरिक उड्डयन प्राधिकरणले मंगलबार जहाजमा दुई मिसाइल हानेको खुलासा गरेको हो ।

रसियाले बनाएको यो मोडलका मिसाइल छोटो दूरीका जहाज र क्रुजलाई निशाना लगाउन प्रयोग गरिन्छ । १६७ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७/८०० जहाज जनवरी ८ मा स्थानीय समयअनुसार सवा ६ बजेतिर तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा ८२ इरानी, ६३ क्यानेडियन, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्य भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस