३२८ दिन अन्तरिक्षमा बिताएर जब यी महिलाले सेताम्य हिउँको जमिनमा पाइला टेकिन्…

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ २४, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाण्डौ । झण्डै एक वर्ष लामो अन्तरिक्ष यात्रापछि बिहीबार कजाकिस्तानको उत्तरी क्षेत्रस्थित हिउँले सेताम्य जमिनमा पाइला टेक्दै गर्दा क्रिस्टिना कोच निकै हर्षित देखिन्थिन । अन्तरिक्ष यान जमिनमा उत्रेलगत्तै सहयोगीले उनलाई कुर्सीमा राखे र गुरुत्वाकक्षण सन्तुलनका लागि मेडिकल टेन्ट तर्फ दैडाए ।

आजको कान्तिपुर दैनिकमा अनुसार त्यसैक्रममा उनले भनिन्, ‘म निकै उत्साहत र निकै खुसी छु। मैले यो क्षणलाई अन्तरिक्ष नायकहरुका पाइला पछ्याइरहेका बेला भएको सम्मानका रुपमा लिएकी छु ।’ खासमा उनी खुसी हुनुको मुख्य कारण हो, उनको नाममा बनेको नयाँ किर्तिमान ।

लामो सय अन्तरिक्षमा बिताउने महिलाका रुपमा पेगी हिविट्सनको कीर्तिमान २८९ दिन उनले तोडेकी छन् । सन् २०१९ मार्च १४ मा अन्तरिक्ष यात्रामा निस्केकी कोच ३२८ दिनपछि सोयुज यानमार्फत पृथ्वीमा ओर्लेकी हुन् । अमेरिकी अन्तरिक्षण संस्था नासा की ४१ वर्षीया कोचको टोलीमा अन्य दुई अन्तरिक्ष यात्री युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो र रसियाका अलेक्जान्डर स्केभोर्सोभ पनि थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस