थाइल्याण्डमा २१ जनाको हत्या गर्ने सैनिक मारिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ २६, आईतबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ २६, काठमाडौ । थाइल्याण्डको उत्तर–पूर्वमा रहेको सहर नाखोन रातचासिममा गोली हानेर २१ जनाको हत्या गर्ने सैनिक मारिएका छन् ।

ती जुनियर सैनिक अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा २१ जनाको मृत्यु भएको छ भने अन्य ३१ जना घाइते भएका छन् ।

ती सैनिक जवानले शनिबार सैनिक क्याम्पमा आफ्ना कमाण्डरको गोली हानी हत्या गरेर स्थानीय सपिङ सेन्टरमा गएर अन्धाधुन्ध गोली चलाएका थिए । जंकाराफंथ थोमा नाम गरेका ती सैनिक रातभर सोही सपिङ सेन्टरमा लुकेर बसेका छन् ।

जवाफी कारवाहीको क्रममा उनी आइतबार बिहान मारिएका हुन् । आक्रमणकारी थोमाले सामाजिक सञ्चालमा केही सामग्री पोस्ट गरेका छन् । तर उनले आक्रमण किन गरेका हुन् भन्ने खुलेको छैन।

ताजा अपडेट

खोजी गर्नुहोस