अक्सिजनको रहस्य मंगल ग्रहमा खोज्दै नासा !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ २७, सोमबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ २७, काठमाण्डौ । मंगल ग्रहको हावामा अक्सिन पाइनुको रहस्यबारे नासाले निरन्तर अध्ययन गरिरहेको छ । तर दुनियाँको कुनैपनि रसायन प्रक्रियाले यसलाई व्याख्या गर्न नसक्ने भएपछि अक्सिजनको रहस्य झन गम्भीर बन्दै गएको नासाको भनाइ छ ।

नासाको ‘क्युरोसिटी’ रोभर हाल मंगल ग्रहमा विभिन्न ग्यासहरुको मापन गरिरहेको छ जसमा काम गरिरहेका वैज्ञानिकहरुले वसन्त ऋतु र गर्मीयामको समयमा मंगल ग्रहको हावामा अक्सिजनको मात्रा ३० प्रतिशतले वृद्धि भएको पत्ता लगाएका हुन् ।

यस्तोमा अक्सिजन बढ्नु पछाडिको केमिकल प्रक्रिया रहस्यमयी भएपनि अनुसन्धानकर्ताहरुले केही सम्भाव्यताको अनुमान लगाएका छन् । यस किसिमका परिवर्तनहरु प्राय भौगोलिक बदलावको नतिजा स्वरुप प्राकृतिक हुने गरेका छन् । तरपनि वैज्ञानिकहरुले सुक्ष्मजीवसँग जोडिएको यस किसिमको प्रक्रियाबारे कुनै स्पष्ट कारण पत्ता लगाउन नसकेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस