मालीमा अन्तरजातीय भिडन्तका क्रममा ४० को ज्यान गयो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन ३, शनिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३, काठमाण्डौ । मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको ज्यान गएको छ । अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार ज्यान गुमाउनेमा नौ जना सैनिक जवान पनि रहेका छन् । उनीहरुको घटनास्थलमै ज्यान गएको अधिकारीले बताएका छन् ।

द्वद्वग्रस्त क्षेत्रमा भएको अन्तरजातीय भिडन्तका क्रममा उनीहरूको ज्यान गएको सरकारी अधिकारीहरुको भनाई छ । ओगोसागोमा रातभरीमा भएको आक्रमणको घटनामा परी सुरुमा ३१ जनाको ज्यान गएको थियो । गत मार्चमा भएको फुलानी समुदायको यस्तै आक्रमणमा परी १६० को ज्यान गएको थियो । सरकारी अधिकारीहरुले ज्यान गुमाउनेको संख्या अझ धेरै हुन सक्ने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस