अफगान शान्ति वार्ता : तालिबान विद्रोही समूह र अमेरिकाबीच वार्ताको तयारी सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ३१, शनिबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ ३१, काठमाण्डौ । अफगानिस्तानमा हिंसा जारी राखेको तालिबान विद्रोही समूह र अमेरिकाबीच वार्ताको तयारी सुरु भएको बताइएको छ । चार महिना अघि भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखि अफगानिस्तानमा जारी रहेको द्वन्द्धको अन्त्य हुने अपेक्षा पनि गरिएको छ । सो तयारीसँगै युद्धको अन्त्य गरेर अफगानिस्तान शान्तितर्फ उन्मुख हुने आशा समेत गरिएका छ ।

अमेरिकाको व्यापक विरोध गर्दै आएको तालिबान संगठनले चार महिनाअघि कतारको राजधानी दोहामा अफगानिस्तानमा शान्तिका लागि अमेरिकासँग वार्ता गर्ने सम्बन्धी सम्झौता गरेको थियो । सो सम्झौता बमोजिम वार्ता गर्न अफगानिस्तानले पनि स्वीकार गरेको छ । अब तालिबानहरुले अफगान सरकार र अमेरिकासँग पनि संयुक्त रुपमा वार्ता गर्ने भएका हुन् । सोही बमोजिम आगामी केही समयमा दोहामा शान्ति वार्ताको तयारी भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस