असार ३, काठमाण्डौ । भारतीय र चिनियाँ सेनाबीच भएको झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको छ । पछिल्लो समय लद्दाखमा दुई देशबीच विवाद बढेको छ । सोही क्षेत्रमा भएको झडपमा परि कमान्डिङ अफिसर समेत गरि २० जना भारतीय सेनाले ज्यान गुमाएका हुन् ।
उक्त झडप गएराति भएको हो । गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको बताइएको छ । लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झडप भएको हो ।