चीन र भारतको सिमा बिवाद : ऐक्यवद्धता लिन नरेन्द्र मोदी सर्वदलीय बैठकमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ५, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ५, काठमाडौं । भारतभर चीन विरोधी अभियान चलिरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक डाकेका छन् । उनले चीनविरुद्ध ऐक्यवद्ध भएर लाग्ने उद्धेश्यले दलहरुको विचार बुझी ऐक्यवद्धता जनाउनका लागि बैठक डाकेका हुन् ।

चीनले लद्दाखमा भारतीय सेनामाथि गरेको आक्रमणले पुगेको क्षतिपछि भारतमा चीनविरोधी अभियान तीव्र भएको छ । चिनियाँ सामग्री भारतमा प्रयोग नगर्न अपील हुन थालेको छ ।

बिहीबार भारतका अधिकांश शहरमा चीनविरोधी नारा लागेको छ । चिनियाँ सामग्रीमा भन्सार शुल्क बढाउने तयारी भएको बताइएको छ भने टेलिकम्युनिकेशनको फोरजीका सामग्रीमा चिनियाँ वस्तुको प्रयोग नगर्ने निर्णय भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस