भारतले आफ्नो टिप्पणी सच्यायो,भन्छ-‘बुद्ध लुम्बिनीमा जन्मनु भएको थियो जुन नेपालमा पर्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २६, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन २६, काठमाडौं । भारत सरकारले गौतम बुद्धका बारेमा भएको गलत टिप्पणी सच्याएको छ । नेपालमा जन्मिएको बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाल लगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाए लगत्तै भारतले आफ्नो टिप्पणी सच्याएको हो ।

भारतका विदेश मन्त्री एस जयशंकरले शनिबार एक भर्चुअल कार्यक्रममा दिएका गलत टिप्पणीलाई सरकारका तर्फबाट भारतीय विदेश मन्त्रालयले सच्याउनु परेको हो । साझा बौद्ध बिरासतसँग जोडिएको गौतमबुद्धको बारेमा त्यस सम्मेलनमा कुरा भएको मन्त्रालयले प्रष्ट पारेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस