अफगानिस्तान शान्तिको बाटोमा लम्किँदै, द्वन्द्व अन्त्यका लागि तालिवानी विद्रोहीसँग आज वार्ता हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २७, शनिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र २७, काठमाण्डौ । अफगान सरकार र विद्रोही तालिवानी लडाकू समुहबीच वार्ता हुने भएको छ । लामो समयको प्रयासपछि तालिवानी समूहबीच शनिबार कतारको दोहामा वार्ता हुन लागेको हो । वार्ताअघि तालिवानी लडाकूका ६ जना कैदी रिहा गरिएको अधिकारीहरुले जनाएका छन् । विभिन्न अफगान दलहरुबीचको यो महत्वपूर्ण र प्रत्यक्ष वार्ताले अफगानिस्तानमा स्थायी शान्ति कायम गर्न महत्वपूर्ण कोसेढुंगा हुने विस्वास लिइएको विदेशमन्त्रालयले जनाएको छ ।

तालिवानी समूहले पनि उक्त वार्ता प्रक्रिया अघि बढ्न लागेको पुष्टि गर्दै इस्लामिक मूल्य र राष्ट्रिय हितका विभिन्न पक्षमा समान रुपमा छलफल हुने विश्वास लिएको जनाएको छ । स्थायी युद्धविरामका लागि भएको प्रयास सफल भइ अफगानिस्तानमा लामो समयदेखि जारी हिंसा अन्त्य गर्न दलहरु सफल हुने विश्वास लिइएको छ । गत फेब्ररअरीमा हुने भनिएको वार्ता अघि दुवै पक्षका कैदीबन्दी रिहा गर्ने विषयमा कुरा नमिल्दा वार्ता पछि धकेलिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस