भारत-चीन गम्भीर सैन्य द्वन्दको स्थितिमा ! कसरी होला समस्याको समाधान ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र ३०, मंगलबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र ३०, काठमाडौं । विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेकाबेला भारत र चीनबीच भने गम्भिर सैन्य द्धन्द्धको स्थिति बढ्दै गएको छ। सन् १९६७ पछि गत जुनमा दुईदेशबीच हिंसात्मक झडप भएको थियो । त्यसपछि गत अगस्त २९ र ३१ मा पनि त्यस्तै अवस्था दोहोरियो ।

यतिबेला भारतले गलवान उपत्यकामा आफ्नो पहुँच बढाउँदै लगेको छ र उसले चिनियाँ सेनामाथि निगरानी राख्न सक्ने क्षेत्रमा समेत आफ्नो नियन्त्रण ल्याइसकेको छ । जुन चीनले आफ्नो क्षेत्रमा भएको हस्तक्षेप मान्दछ । उच्च हिमाली क्षेत्रका अरुणाञ्चल, सिक्किम, उत्तराखण्डहुँदै हिमाञ्चल प्रदेशको भारत र चीन सीमानामा अब चिसोको मौसमसमेत बढ्दै गएपनि स्थिति भने तातिदै गएको छ ।

गतहप्ता भारतीय र चिनियाँ विदेशमन्त्रीबीच भएको वार्ताले कुनै कुटनीतिक दरिलो निर्णय गर्न सकेन् । त्यसकारण पनि दुईदेशबीचको सम्बन्ध कसिलो हुनुपर्नेमा खुकुलो हुँदै गएको छ । चिनियाँ विदेशनीति निकै नै कठिन हुँदै गएको अवस्था छ। चीनले आफ्नो इच्छा र फाइदाका लागि विभिन्न किसिमका रणनीतिहरु अघि सार्दै लगेको छ ।

भारत मात्रै हैन अहिले चीनविरोधी सबै शक्तिहरु भारतीय पक्षमा छन् । भारतले अहिले क्वाडलाई समेत बढी महत्व दिँदै गएको अवस्था छ । चीनसँग व्यापारिक द्धन्द्धमा समेत भारत होमिएको छ । भारतले करोडौं मुल्यबराबरका चिनियाँ कम्पनीहरुलाई प्रतिबन्ध गरिदिएको छ ।

चीनलाई अब सीमानामा पनि तनाब हुँदै गएको छ । विस्तारवादको नीति अँगालेको चीनले तिब्बत कब्जा गरेजस्तै लद्दाखमा पनि कब्जा गर्न खोजिरहेको छ । यद्यपि अब, तिब्बतले विश्वभरबाट स्वतन्त्रताका लागि सर्मथन पाउँदै गएको अवस्था छ र यो चीनकालागि सबैभन्दा ठूलो खतरा हो । त्यस्तै भारतमै रहेका दलाई लामा र तिब्बत संसदले समेत भारतलाई समर्थन गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस