भारत–पाकिस्तान बैठकमा तनाव: अजित डोभाल बैठक बहिष्कार गरेर बाहिरिए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र ३१, बुधबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र ३१,काठमाडौँ । रुसमा मंगलबार आयोजित संघाई सहयोग संगठनका सदस्य राष्ट्रको राष्ट्रिय सुरक्षा सल्लाहकार बैठकमा पाकिस्तानले आफ्नो नयाँ नक्सा प्रयोग गरेपछि हंगामा भएको छ । बैठकमा पाकिस्तानले केही महिनाअघि सार्वजनिक गरेको नयाँ नक्सा प्रयोग गरेको थियो । जुन नक्सालाई भारतले काल्पनिक नक्सा भन्दै आएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठकमा नयाँ नक्सा प्रयोग (पेशं) गर्नेवित्तिक्कै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारअजित डोभालले बैठक नै बहिष्कार गरेका छन् ।

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार जानी बुझीकनै एक काल्पनिक नक्सा बैठकमा पेश गरेको आरोप भारतीय विदेश मन्त्रालयले लगाएको छ । उक्त नक्सालाई केही महिनाअघि मात्र पाकिस्तान सरकारले स्वीकृत गरेको थियो । जसको पाकिस्तानले अहिले प्रचार गरिरहेको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ कि पाकिस्तानले बैठकको नियम उल्लंघन गरेको छ, नियम उल्लंघन गरेकै कारण बैठक बहिष्कार गरिएको हो ।

पाकिस्तानका प्रधानमन्त्री इमराज खान नेतृत्वको सरकारले अगष्टको सुरुमै आफ्नो देशको नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्सामा पाकिस्तानले लद्धाख, जम्मु–काश्मिरको सियाचिन र गुजरातसँग जोडिएको जूनागढ लगायतका क्षेत्रलाई आफ्नो दाबी गर्दै नक्सामा समेटेको छ । भारतले पाकिस्तानको उक्त कदम र नयाँ नक्सालाई अस्वीकार गर्दै आएको छ ।

एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस