पानीमाथी चीनको कब्जा बढ्दो, लाओससहित ४ देशको भविष्य चीनको मुठ्ठीमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र ३१, बुधबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

भाद्र ३१, काठमाडौं । चीनले श्रीलंकाको बन्दरगाह आफ्नो नियन्त्रणमा ल्याएको केहि बर्ष भइसकेको छ । त्यस्तै जिबुतीमा पनि रेलमार्ग बनाइदिने नाममा त्यहाँको सीमानामा आफ्नो सेना राखिसकेको छ । यसपछि चीनले लाओसमाथि पञ्जा लगाएको छ । भुपरिवेष्ठित मुलुक लाओसलाई एक ठूलो विद्युत परियोजना बनाइदिने प्रलोभनमा पार्दै अहिले चीनले लाओसकै सबैभन्दा ठूलो उर्जा कम्पनीलाई आफ्नो मातहत ल्याउन लागेको हो । चिनियाँ ऋण पासो कुटनीतिको पछिल्लो सिकार लाओस बनेको हो । लाओसलाई पानीमा समेत हाहाकार पारेर उसको राष्ट्रिय पावर ग्रिडमाथि चीनले कब्जा गरेको छ ।

चीनले थुपारेको ऋणबाट मुक्त हुनका लागि लाओस सरकारको स्वामित्वमा रहेको विद्युत उत्पादक कर्पोरेसन इलेक्ट्रिट डु लाओसको स्वामित्व अब चाइना साउदर्न पावर ग्रिड कम्पनीले लिने भएको हो । आफ्नो बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजनालाई सफल पार्न चीनले यस्तै मध्यमवर्गीय देशमाथि कब्जा गर्दै आएको छ । जसको पछिल्ला उदाहरण पाकिस्तान, श्रीलंका, जिबुती र लाओस बन्न पुगेका हुन् ।

लाओस अहिले चीनको ठूलो ऋण पासोमा परेको छ । ठूला जलविद्युत आयोजना र उच्च गतिको विद्युतिय रेल परियोजनामा चीनसँग हस्ताक्षर गरेर खर्च गर्नु लाओसका लागि ठूलो संकट हुन पुगेको छ । पछिल्लो एक तथ्यांक अनुसार लाओसको विदेशी मुद्रा सञ्चितमा समेत ठूलो गिरावट आएको छ । गत जुनमा त्यहाँ ८६ करोड डलर मात्र सञ्चित रहेको थियो । जापानका प्रोफेसर जसले लाओसलाई वित्तिय सल्लाह दिएका थिए, उनले लाओसको अर्थव्यवस्था अस्थिर बनेको र चीनमाथि निर्भर हुँदै गएको बताएका छन् ।

साझा गन्तव्य समुदायको योजना अघि सार्ने सि जिनपिङको पहिलो मौसमी सहयोगी र सर्मथकका रुपमा रहेको लाओसलाई अहिले चीनले नै पानीको संकट समेत पारिदिएको छ ।

करिब ७० लाख जनसंख्या रहेको लाओस पानीका लागि चीनबाट बग्ने मकोंग नदीमा निर्भर रहेको छ । लाओसमात्रै हैन, भियतनाम, कम्बोडिया, थाइल्याण्डहुँदै बग्ने मेकोंग नदी ती देशहरुमा सिंचाइका लागि प्रमुख स्रोत हो । यद्यपी चीनले उक्त नदीमा ५० वर्षयताकै कम पानी छोडिदिएको छ। जसको कारणले अब, लाओस लगायतका मुलुकहरु खडेरीको चपेटामा परेका छन् । हालै सार्वजनिक भएको एक अमेरिकी अध्ययन अनुसार, चीनले ठूलो क्षमताका ड्यामहरुको निमार्ण गरेर मेकोंग नदीमा बग्ने पानीको मात्रालाई घटाइदिएको छ ।
चिनियाँ अधिकारीहरुले भने ४ हजार ३ सय ५० किलोमिटर लामो यो नदीको आसपासका क्षेत्रमा निकै नै कम वर्षा भएका कारण पानीको वहावमा कमी आएको बताउँदै आएका छन् ।

तर, स्याटेलाइट तस्बीरबाट माटोको गिलोपनाका आधारमा गराएको अध्ययनले सो क्षेत्रमा औषतभन्दा बढी वर्षा भएको खुल्न आएको छ । यसबाहेक हिँउ पग्लिने दर समेत उच्च रहेको देखिएको छ । तर, पनि गत मेदेखि अक्टोबरसम्म तल्लो मेकोंग क्षेत्रमा पाँच दशकयताकै भयंकर खडेरी परेको छ । थाइल्याण्ड र लाओसका खेतहरुमा सिंचाइका लागि तल्लो मेकोंग क्षेत्रको पानीमा निर्भर छ । तर सो क्षेत्रमा पानीको वहाव १० मिटरबाट घटेर ३ मिटरमा पुगेको छ । मेकोंगमाथि निर्भर रहेको थाइल्याण्ड, लाओस, भियतनाम र कम्बोडियाका खेतियोग्य जमिन खडेरीका कारण उब्जाउ गर्न नसक्ने अवस्थामा पुग्ने स्थितीको सिर्जना भएको हो ।

यसरी ४ देशलाई नै संकटमा पार्ने गरी चीनले कसरी नदीको वहावलाई रोक्न सक्यो छ ? यसको जवाफ हो ड्याम। चिनियाँ कम्युनिस्ट पार्टीले नखुलाए पनि चीनले माथिल्लो मेकोंग क्षेत्रमा झण्डै ४७ बिलियन ४खर्ब क्युबिक मिटर क्षमताका ११ वाटर रिजर्भ्वायरको निमार्ण गरेको छ ।

बाहिरी अध्ययनबाट मात्रै खुल्न आएको यो कुरा वास्तविकतामा भने चीनले अझैँ बढी क्षमताको ड्याम बनाएको हुन सक्ने आशंका गरिएको छ । यो ड्यामका माध्यमबाट चीनले पानीलाई वास्तविक नदीको सतहमा बग्न नदिएर आफ्नो आवश्यक्ता अनुरुप चाहेको बेला नदीमा नै पठाउन सक्ने र नचाहेको बेला आफ्नो क्षेत्रमा बगाउन सक्ने किसिमले ४ मुलुकहरुमाथि नियन्त्रण गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस