चीनका रक्षामन्त्री वेइ फङ्गह छिट्टै नेपाल भ्रमणमा आउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ६, शनिबार (४ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

मंसिर ६, काठमाडौं । चीनका रक्षामन्त्री वेइ फङ्गह छिट्टै नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमणको बारेमा उच्च सरकारी तहमा कुराकानी भइरहेको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीका बीच भएको भेटमा चिनियाँ रक्षामन्त्रीको भ्रमणका सम्बन्धमा कुराकानी भएको थियो । अहिले रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैंले सम्हालेका छन् ।

भ्रमण नोभेम्बर २९–३० मा गर्नेगरी तयारी अगाडि बढाइए पनि प्रस्तावित मिति केही सर्नसक्ने भएकाले आधिकारिक घोषणा तत्काल नहुने स्रोतले जानकारी दियो । नेपाल आएर उनी अन्य दक्षिण एसियाली मुलुकको भ्रमणमा जाने छन् । परराष्ट्र मन्त्रालयले भने यस विषयमा केही बताएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस