नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाईने युरोपेली युनियनको दावी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २२, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर २२, काठमाण्डौ । युरोपेली युनियन ईयूले नेपालको हवाई क्षेत्रमा लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको जनाएको छ । हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेका पछिल्ला सुधारको प्रशंसा गर्दै ईयूले यस्तो प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको जनाएको हो । नेपालले हवाई सुरक्षामा लापर्बाही गरेको भन्दै युरोपेली युनियनले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राख्दै आएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको पूर्वसन्ध्यामा ईयूले विज्ञप्तिमार्फत हवाई सुरक्षाको क्षेत्रमा नेपालले बनाएको कानुन र व्यवहारमा देखिएको सुधारले गर्दा यहाँको हवाई क्षेत्रमाथि लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको जनाएको हो । यसको लागि तीन चरण पार गर्नुपर्नेछ । पहिलो चरण अन्तर्गत बेल्जियमको ब्रसेल्समा प्राविधिक कमिटिको बैठक हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस