‘चीन र नेपाल बीचको मित्रतामा नयाँ कोशेढुंगा थपियो’ : प्रवक्ता चाउलि च्येन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २५, बिहिबार (४ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

मंसिर २५, काठमाण्डौ । सगरमाथाको नयाँ उचाइ घोषणासँगै नेपाल र चीनबीचको मित्रता पनि नयाँ उचाइमा पुगेको चीनले दाबी गरेको छ । बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लि च्येनले बताएका हुन् । प्रवक्ता च्येनले सगरमाथाको नयाँ उचाइ घोषणा हुनु चीन र नेपाल बीचको मित्रतामा नयाँ कोशेढुंगा थपिएको बताए ।

उनले भने– ‘यसले ट्रान्स–हिमालयन बहुपक्षीय नेटवर्क विस्तारमा समेत सहयोग पुग्छ ।’ प्रवक्ता च्येनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली समकक्षी विद्यादेवी भण्डारीले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेको उल्लेख गर्दै यसले दुई देशबीचको मित्रतामा नयाँ कोशेढुंगा थपिएको दाबी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस