इजरायल सरकारले गर्यो संसद् विघटन : दुई वर्षमा चौथोपटक आम निर्वाचन हुदैँ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ८, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस ८, काठमाडौं । इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो ।

संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ । इजरायलमा कोरोना भाइरस कोभिड–१९ को महामारीलाई नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रधानमन्त्री नेतान्याहूको आलोचना हुँदै आएको छ । यस्तो अवस्थामा इजरायलमा नयाँ निर्वाचनको घोषणा भएको हो । पछिल्लो दुई वर्षमा इजरायलमा चौथोपटक आम निर्वाचन हुन लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस