सैनिक हस्तक्षेपबारे नसोच्न भारतलाई तालिवानको चुनौति

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ श्रावण ३१, आईतबार (३ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

साउन ३१, काठमाडौं । तालिवानको कब्जामा गइसकेका अफगानिस्तानका प्रान्तहरुमा विभिन्न देशहरुले कन्सुलेट कार्यालय बन्द गरेका छन्, त्यहाँबाट उनीहरुले आफ्ना कर्मचारीलाई बाहिर निकालिरहेका छन् ।

भारतले पनि यस्तै गरिरहेको छ । तर, भारतलाई अफगानिस्तानमा सैन्य हस्तक्षेप नगर्न तालिवानले चुनौति दिएको छ । यद्यपी, विकास–निर्माणमा भारतले गरेका कामको तालिवानले प्रशंसा गरेको छ । ‘सैन्य भूमिकाको अर्थ के हो रु यदी उनीहरु अफगानिस्तानमा सैनिकसहित उपस्थिती जनाउन आए भने त्यो राम्रो हुँदैन भन्ने लाग्छ ।

उनीहरुले अफगानिस्तानमा अन्य देशको सैन्य उपस्थितीको नतिजा देखिसकेका छन् । यो उनीहरुका लागि खुला किताबसरह हो । अफगानिस्तानका जनता वा राष्ट्रिय परियोजनामा उनीहरुले गरेको सहयोग भने तारिफयोग्य छ,’ कतार बस्ने तालिवानका प्रवक्तामध्येका एक सुहाइल साहिनले भने,‘अफगानी जनताका लागि उनीहरुले बनाइदिएका ड्याम, राष्ट्रिय परियोजना, भौतिक पूर्वाधार र अफगानी जनताको आर्थिक समृद्धी तथा विकासका लागि उनीहरुले गरेको योगदानको हामी कदर गर्छौं ।’

साहिनले कुटनीतिक नियोग र दूतावासहरुलाई तालिवान पक्षबाटै कुनै खतरा नहुने बताएका छन् । ‘हामी कुनै पनि देशका कुटनीतिज्ञ र दूतावासलाई निशाना बनाउनेछैनौं । यो कुरा हामीले एकपटक भएर पटक–पटक विज्ञप्तिमार्फत बताइसकेका छौं । हाम्रा यी प्रतिवद्धताहरु सञ्चारमाध्यममा प्रकाशित भइसकेका छन् । जहाँसम्म भारतको चिन्ताको कुरा छ, यो उनीहरुको विषय हो । हाम्रो तर्फबाट भन्नुपर्दा कुनै पनि दूतावासमा आक्रमण गर्दैनौं भनिसकेका छौं,’ साहिनले एएनआईसँग भने ।

 

ताजा अपडेट

खोजी गर्नुहोस