साउन ३१, काठमाडौं । भारतको ७५औँ स्वतन्त्रता दिवस अगस्त १५, २०२१ मा काठमाडौंस्थित भारतीय दूतावासमा मनाइयो। यो उत्सव आजादीका अमृत महोत्सवको रूपमा मनाइएको हो ।
भारतीय राजदूत विनय मोहन क्वात्राद्वारा राष्ट्रिय झण्डा फहराइ उत्सवको शुरुवात भएको थियो । उनले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाए। राष्ट्रपतिको सन्देशमा विगत ७५ वर्षहरुमा विभिन्न क्षेत्रहरुमा भएको प्रगतिलाई प्रकाश पारिएको थियो भने स्वतन्त्रता सेनानीहरुलाई श्रद्धांजलि दिईएको थियो, जसले भारतको स्वतन्त्रताको लागी आफ्नो जीवन बलिदान गरेका थिए।
राजदूतले विधवाहरु र भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरुका आफन्तहरुलाई ने रू ४.४५ करोड र प्रत्येक परिवारलाई कम्बल वितरण गरी सम्मान गरिएको छ ।
समारोहमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक र विद्यार्थीहरुद्वारा देशभक्तिपुर्ण गीत र नृत्य प्रस्तुत गरिएको थियो।
यस अवसरमा नेपालको सांस्कृतिक विरासत स्थलहरुको संरक्षणको लागी कला र सांस्कृतिक विरासतको लागी भारतीय राष्ट्रीय ट्रस्ट (intach) को वेबसाइट भारतिय राजदूत विनय मोहन क्वात्राद्वारा उद्धाटन गरिएको थियो। भारत सरकारले सन् २०१५ को भूकम्पमा क्षतिग्रस्त भएका नेपालका सांस्कृतिक सम्पदाहरुको संरक्षण र पुनर्स्थापनाका लागि ५० मिलियन अमेरिकी डलरको सहायता प्रदान गरेको छ।
भारत सरकारको आजादीका अमृत महोत्सव स्वतन्त्र भारतको यात्रामा ऐतिहासिक कोशेढुङगा पार गरेको सम्झनामा मार्च २०२१ बाट शुरू गरिएको हो भन्ने यो महोत्सव १५ अगस्ट २०२३ सम्म जारी रहनेछ।