पाकिस्तानी बाटो हुँदै मोदीको विमान इटली: भारतप्रति लचक भएकै हो त इस्लामाबाद ?

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ कार्तिक १४, आईतबार (३ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कातिक १४,काठमाडौँ । जी–२० देशहरूको सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान शुक्रवार पाकिस्तानी वायु क्षेत्र भएर इटली पुग्यो । फर्कँदा पनि प्रधानमन्त्री मोदी यही बाटो भएर फर्किने भारतीय सञ्चारमाध्यम ले जनाएको छ ।

मिडिया रिपोर्ट्सका अनुसार भारतले इस्लामाबादसँग यसका लागि पहिले नै अनुमति लिएको हो ।

पाकिस्तानको द एक्सप्रेस ट्रिब्यूनको खबर अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदीको विमान बोइङ ७७७, ३०० ईआर, के ७०६६ बहावलपुरबाट पाकिस्तानी वायु क्षेत्र हुँदै पंजगुर हुँदै इरान र टर्कीको बाटो भएर इटली पुगेको हो ।

सिभिल एभिएशन अथोरिटी (सीएए) का अनुसार भारतीय प्रशासनले पाकिस्तानको विदेश मन्त्रालयसँग प्रधानमन्त्री मोदीको विमानलाई उसको वायु क्षेत्र भएर जानका लागि अनुमति दिन आग्रह गरेको थियो । पाकिस्तानले यो आग्रहलाई स्वीकार गरेको हो ।

यो स्विकारोक्तीसंगै भारतसंग पाकिस्तान सहकार्यको हात अघि बढाउन चाहन्छ भन्ने निष्कर्ष निक्लिएको विश्लेषकहरु बताउछन् । विवादकाबीच पनि पाकिस्तानले भारतीय प्रधानमन्त्री मोदीको आग्रहलाई सहज रुपमा ग्रहण गरेको छ । यो संगै भारत–पाकबीच थप संवाद अघि बढ्ने आशा गर्न थालिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस