जापानको सत्तारुढ पार्टीलाई एकल बहुमत प्राप्त

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ कार्तिक १५, सोमबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कात्तिक १५, काठमाडौं । जापानको सत्तारुढ पार्टीले आम चुनावमा एकल बहुमत प्राप्त गरेको छ ।

सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले तल्लो सदनमा बहुमतका लागि चाहिने २ सय ३३ भन्दा बढी सिटमा जित हासिल गरेको हो ।

महिना दिनअघि मात्रै सत्तामा आएका प्रधानमन्त्री फुमिओ किशिदाका लागि चुनावी नतिजा ठूलो जितका रुपमा लिइएको छ ।

यसको अर्थ कोमिइतो पार्टीसँग गठबन्धन नगरि एलडीपीले सत्ता चलाउन पाउने भएको बीबीसीले जनाएको छ ।

६४ वर्षका किशिदा यो अक्टोबरको सुरुमा सत्तारुढ पार्टी एलडीपीको नेता बनेका थिए। एलडीपीले दशकौँदेखि जापानमा सत्ता सञ्चालन गर्दै आएको छ । तर कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरेको प्रयासलाई लिएर आलोचना भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस