महाराष्ट्रको अस्पतालमा आगलागी, १० जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ कार्तिक २०, शनिबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक २०, एजेन्सी । भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ ।

महाराष्ट्रको अहमदनगर जिल्लाको डिस्ट्रिक्ट अस्पतालको आइसीयुमा आगलागी भएको हो । आगो लाग्दा आइसीयुमा करिब २० बिरामी रहेको र केही भेन्टिलेटरको सहारामा थिए ।

आगो निभाउन अस्पतालकै आगलागी नियन्त्रण गर्ने उपकरण प्रयोग गरिएको भएपनि त्यसले काम नगरेको बताइएको छ । त्यसपछि आगो झन् बढेको स्थानीय मिडियाले जनाएको छ ।

घटना लगत्तै दमकल आएर आगो निभाउने प्रयास गरेको थियो । उद्धार कार्य जारी छ । ‍ उक्त घटनापछि अस्पतालमा भर्ना भएका बिरामीहरुलाई अन्यत्र रिफर गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस