रुसमा २४ घन्टामा ३९ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ कार्तिक २२, सोमबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कात्तिक २२, काठमाडौं। रुसमा गएको २४ घन्टामा ३९ हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । साथै यो अवधिमा यहाँ एक हजार १७९ जनाको ज्यान गएको छ । यो समेत गरी यहाँ करिब ८८ लाख मानिसमा यो संक्रमण देखिएको छ ।

त्यसैगरी यहाँ अहिलेसम्म २ लाख ४६ हजार ८१४ जनाको ज्यान गएको पाइएको छ । यहाँ कोरोना भाइरसबाट हुने मृत्युदर करिब २।८१ रहेको पनि समाचारमा जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले रुसको मस्को सहरमा मात्र पछिल्लो २४ घन्टामा करिब पाँच हजार जनामा सङ्क्रमण देखिएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस