भूकम्पले टर्की र सीरियामा पाँच हजार बढीको मृत्यु, भत्किएका घरभित्र फसेका कैयौं मानिसको उद्धार गर्न बाँकी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ २५, बुधबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ २५, काठमाण्डौँ । टर्की र सीरियामा सोमबार गएको भूकम्पमा परी दुवै देशका पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । मृतकहरुको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले विश्वका ७० भन्दा बढी देशबाट राहत र उद्धार कार्यमा सहयोग पठाउने प्रतिबद्धता आएको बताएका छन् ।

यसका साथै उनले देशको दक्षिण क्षेत्रका १० ठाउँमा तीन महिनाका लागि आपतकाल घोषणा गरेका छन् । पूरै विश्वभर रहेका टर्कीस नागरिक आफ्ना परिवारका सदस्यको खोजीका लागि देश फर्किएका छन् ।

राहत र बचाउ अभियानमा चिसो र हिमपातका कारण निकै समस्या परिरहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। कैयौंको जिवितै उद्धार गरिएको छ । कैयौं मानिसहरु भत्किएका घरभित्रबाट उद्धारका लागि गुहार मागिरहेका छन्। विश्व स्वास्थ्य संगठनले भूकम्पबाट लाखौं मानिस प्रभावित हुने अनुमान गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस