मापसे चेकिङ्गमा प्रहरीलाई घुस दिन खोज्ने तीनजना पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ मंसिर २३, आईतबार (६ साल अघि)
  • ६९ पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाडौं । काठमाडौँ महानगरपालिका– ९ काँडाघारीमा प्रहरीलाई घुस दिन खोज्ने तीनजना पक्राउ परेका छन् । पक्राउपर्नेमा नुवाकोट खड्कभञ्ज्याङ– ३ का २२ वर्षीय प्रज्वल तामाङ, सोही ठाउँ बस्ने रामेछाप फुपा– ७ का २३ वर्षीय सुजन श्रेष्ठ र काभ्रेका राजाराम दनुवार रहेका छन् ।

काँडाघारी चोकमा प्रहरीले बा२४प ८७८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मादक पदार्थ पिएर मोटरसाइकल चलाएको र कागजपत्रसमेत नभएकाले आवश्यक कारवाही गर्न खोज्दा तामाङ र श्रेष्ठले घुस दिन खोजेको प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाडौँ महानगरपालिका– ३२ स्थित पेप्सिकोला चोकबाट प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालक बौद्ध बस्ने काभ्रेका राजाराम दनुवारलाई शुक्रबार साँझ पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस