असार २१, काठमाडौ । नेपाल भलिबल संघ एनभीएको कार्यसमिति बैठक साउन पहिलो साता बस्ने भएको छ । आगामी निर्वाचनलाई मुख्य एजेन्डा बनाएर बस्ने चुनाव ५ साउनमा हुनेछ । जुन बैठकले विवादित बनेको बागमती प्रदेशको निर्वाचन र केन्द्रीय चुनावी साधारणसभाको मिति तय गर्ने बताइएको छ ।
मनोरञ्जनरमण शर्माको कार्यसमितिको कार्यकाल सकिएको दुई वर्ष बितिसक्दा पनि संघले निर्वाचन गर्न सकेको छैन । सात प्रदेश र ७७ जिल्लालाई मताधिकारमा समेट्ने उद्देश्य बनाएको संघले १५ असारसम्मको लागि जिल्ला र प्रदेशको निर्वाचन गराउने अन्तिम मिति बताएको थियो ।