साउन ४,काठमाडौँ । नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दशानायकेले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन् । राष्ट्रिय टोलीको प्रशिक्षक व्यक्तिगत कारण छोडेको बताएका पुबुदुले क्यानडाको टिम सम्हाल्ने भएका हुन् । पुबुदुले क्यानडाको टिममा प्रशिक्षक सम्हाल्ने निश्चित क्यानडा क्रिकेटले जनाएको छ ।
पुबुदुले बुधबार पत्रकार सम्मेलनमा व्यक्तिगत कारण देखाउँदै मुख्य प्रशिक्षक पदबाट राजीनामाको घोषणा गरेका थिए । ुमेरो आफ्नै व्यक्तिगत कारण छन् जसलाई मैले सम्हाल्नुपर्छ । त्यसैले म यो राजीनामा दिँदा दुखित छु,’ पुबुदुले भनेका थिए ।
बुधबारको पत्रकार सम्मेलनमा दशानायाकेले नेपाली राष्ट्रिय क्रिकेट टिममा जति गरेपनि एकता ल्याउन नसकेको बताए । टिममा पछिल्लो समय ९५ प्रतिशत एकता भएको उनको भनाइ थियो ।