आइतबारको मौसम कस्तो रहला?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष १, आईतबार (६ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

पौष १, काठमाडौं । आइतबार काठमाडौँ उपत्यकासहित मुलुकभरको मौसम सामान्यतया सफा रहेपनि केही स्थानमा सामान्य बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद सुवास रिमालले काठमाडौँमा दिउँसो सामान्य बदलीको सम्भावना रहेपनि मौसम भने घमाइलो नै रहेने बताए । उनले काठमडौँमा दिउँसोपछि केहि स्थानमा सामान्य बदली हुन सक्ने बताए ।

काठमाडौँमा आइतबार बिहानको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको र अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको मौसमविद रिमालले बताए । उनका अनुसार न्यूनतम तापक्रम घट्न सक्नेछ ।

आइतबार पूर्वी क्षेत्रमा अपरान्हपछि बदली हुने सम्भावना रहेको र मध्य र पश्चिमि पहाडी क्षेत्रका एक दुई स्थानमा आंशिक बदली हुन सक्ने देखिएको मौसमविदले अनुमान गरेका छन् ।

आइतबारराति पूर्वी क्षेत्र र मध्य पहाडी क्षेत्रमा सामान्य बदली हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईतिरको मौसम भने सामान्यतया सफा रहने अनुमान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस