दुर्घटनामा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष २, सोमबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष २, नुवाकोट। नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीको घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई गाउँपालिकाले राहत रकम उपलब्ध गराउने भएको छ ।

आइतबार बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले राहत सहयोग स्वरुप मृतकका प्रतिपरिवारलाई रु २५ हजार सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।

दुर्घटनामा २० जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा घाइते भएकाको काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगको लागि समेत गाउँकार्यपालिकाको सबैलाई अपिल गरेको छ ।

“मिनीट्रकमा यात्रुको बीमा हुँदैन । मिनीट्रक कुनै यातायात समितिसँग आबद्ध नभएकाले घाइतेको उपचारका लागि आर्थिक अभाव भएको हो,” अध्यक्ष तामाङले भने।

घाइतेको उपचारका लागि सहयोग गर्न गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘दैवी प्रकोप कोष’को नाममा एभरेष्ट बैंक, समुन्द्रटार शाखामा रहेको खाता नं ०६४००१०५२००२१३ मा रकम जम्मा गर्न सबैमा अपिल गरिएको छ । बा३ख ३९१३ नं को मिनीट्रक दुर्घटना हँुदा १५ जना घाइते भएका थिए । मिनीट्रक चालक रामभक्त थापा र सहचालक साने बुढाथोकी फरार छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस