केन्यालाई सात विकेटले हराउदै नेपाल विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ भाद्र १७, शुक्रबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र १७,काठमाडौँ । केन्यासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी भएको छ । केन्याले दिएको दुई सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा भेटायो ।

नेपालको जितमा ओपनर ब्याटर आसिफ शेखले शतक बनाए, उनी एक सय १० रनमा आउट भए । यस्तै अर्का ओपनर ब्याटर ६१ रन बनाएर आउट भए । यस्तै ज्ञानेन्द्र मल्लले २३ रन बनाए ।

यसअघि नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या ४८ ओभर १ बलमा दुई सय १८ रनमा अलआउट भयो । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रन र कोलिन्स ओबुयाले ६२ रन बनाए । यसैगरी इरफान करिमले ३० र सचिन भुडियाले २६ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले तीनरतीन विकेट लिँदा आदिल अन्सारी र पवन सरार्फले एकरएक विकेट लिए ।

जितसँगै नेपालले तीन एकदिवसीय अभ्यास खेलमा एक–शून्यको अग्रता लिएको छ । शृङ्खलाको दोस्रो खेल भोलि शनिवार र तेस्रो खेल सोमवार हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस