दुर्गा सार्कीको लघुवित्तले फेरिएको जीवन !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष ६, शुक्रबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

पुस ६,दाङ। कुनै समय गिट्टी कुटेर जीवन निर्वाह गरिरहेकी दाङ लालमटीयाका दुर्गा सार्कीले व्यवसायलाई निन्तरता दिएका कारण आम्दानी गर्नाका साथै पक्की घरसमेत निर्माण गर्न सफल भएका छन । ग्रामीण महिला उत्थान केन्द्रबाट ऋण लिएर बङ्गुरपालन शुरु गरेपछि दुर्गाको आम्दानीको स्रोत बढ्दै गएकाले पक्की घर निर्माण गरेका हुन्। अहिले उनसंग ६० वटा बङ्गुर छन् । त्यस्तै लमहीको सतवरियाकी गीता चौधरीसँग माइतीले दशैँ तिहारमा टीका लगाएर दिएको रु एक हजार पाँच सय मात्रै थियो । त्यसपछि उनले लघुवित्तको सहयोग लिएर व्यवसाय शुरु गर्न सकिन्छ भन्ने सल्लाह पाएपछि शुरुमा त्यही रकमबाट घरमा दैनिक चाहिने सलाई, साबुन, कपी, कलमलगायतको व्यवसाय शुरु गरे ।

आम्दानी बढेपछि चौधरीले ग्रामीण लघुवित्तसँग २० हजार ऋण लिएर व्यवसाय विस्तार गर्दै अहिले मनग्य आम्दानी गर्न सफल भएका हुन ।

त्यस्तै तुलसीपुरकी कमला भण्डारीले पनि ग्रामीण लघुवित्तबाट रु २० हजार ऋण लिएर शुरु गरेको कुखुरापालनबाट अहिले सफल कुखुरा व्यवसायी बन्न सफल भएका छन ।

सानो सानो पूँजी सङ्कलन गरेर शुरु गरेका व्यवसायीले मनग्य आम्दानी गर्न सफल भएका थुप्रै उदाहरण छन् । लघुवित्त संस्थाले व्यवसाय सञ्चालनका लागि ऋण प्रदान गर्नाका साथै आवश्यक तालीम पनि दिने गरेकाले मनग्य आम्दानी गर्न सकिएको ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमनी चौधरीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस