नेपाल टी–२० लिग आजदेखि सुरु हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ पौष ९, शनिबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

काठमाण्डौ ( पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग आजदेखि सुरु हुँदैछ । आज पहिलो दिन २ वटा खेल हुनेछन् । यी खेल कीर्तिपुर मैदानमा हुनेछन् । उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाण्डौ नाइट खेल्नेछन् । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाइटेडले खेल्नेछन् । लुम्बिनी र फार वेस्टर्न बिचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

प्रतियोगितामा काठमाण्डौ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्ग्स र लुम्बिनी अल स्टार गरी ६ टोलीको सहभागिता छ । लिगको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस