साफ यु १७: नेपालले रुससँग प्रतिस्पर्धा गर्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ चैत्र १२, आईतबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र १२,काठमाडौँ । साफ यु १७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज रुससँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले रुससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र रसियाबीचको खेल राति ७ बजेबाट सुरु हुनेछ । नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ । नेपाल २ खेलमा ३ अङ्क जोडेर चौथो स्थानमा छ ।

यसअघिको खेलमा नेपाल भारतसँग ४—१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भुटानलाई ५—० ले हराएको थियो । प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता छ ।

ताजा अपडेट

खोजी गर्नुहोस