जेठ २, काठमाडौं । स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ । गएराति सम्पन्न खेलमा स्पेनियललाई २–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले यस सिजनको लिगको उपाधि उचालेको हो ।
बार्सिलोनाको जितमा लामिन यमाल र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए ।
इस्पेनियलका लीन्द्रो काब्रेराले खेलको ८०औं मिनेटमा रातो कार्ड पाएपछि इस्पेनियल १० खेलाडीमा सीमित भएको थियो ।
यो जितपछि बार्सिलोनाको ३६ खेलमा ८५ अंक भएको छ र लिगका दुई खेल बाँकी रहदै उपाधि जितेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा ७ अंकले अगाडी रहेको छ ।
योसँगै बार्सिलोनाले यस सिजनमा ला लिगासहित कोपा डेल रे र सुपर कप गरि तीन उपाधि जितेको छ ।