विश्व कप छनोट प्लेअफमा क्यानडाको लगातार दोस्रो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ चैत्र १६, बिहिबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र १६,काठमाडौँ । आईसीसी विश्व कप छनोट प्लेअफमा क्यानडाले लगातार दोस्रो जित निकालेको छ । नामिबियाको विन्डोकमा हिजो भएको खेलमा क्यानडाले अमेरिकालाई २६ रनले पराजित गरेको हो ।

क्यानडाले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको अमेरिका ४७ ओभर ३ बलमा १ सय ७२ रनमा अलआउट भयो । अमेरिकाका सुशान्त मोदिनीले ६४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । क्यानडाका साद विन जाफर र कलिम सानाले समान ३र३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रन बनाएको थियो । लगातार दोस्रो जितसहित क्यानडा २ खेलमा ४ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा ६ टोली सहभागी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस