शहीद स्मारक ए डिभिजन लिग: पुलिसले फ्रेन्ड्स क्लबलाई ३–१ गोलले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ चैत्र २७, सोमबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र २७,काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा सोमवार भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–१ गोलले हरायो । पुलिसका लागि बुद्धबल तामाङले दुई र मोसेसले एक गोल गरे । फ्रेन्ड्सका जेब्रिनले एक गोल फर्काए ।

सात खेलमा पहिलो जित निकालेको पुलिस चार अङ्कसहित तालिकाको पुछारमै छ । चार अङ्क नै रहेको फ्रेन्ड्स पुछारबाट दोस्रो स्थानमा छ ।

आजै दशरथ रङ्गशालामा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका छन् । चर्च ब्वाइज १३ अङ्कसहित तालिकाको चौथो र एपीएफ ११ अङ्कसहित पाँचौँ स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस