माघ १, काठमाडौं । काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार ससिी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ ।
समाजमा हुने अपराध नियन्त्रण गर्न र हुने सम्भावित अपराधलाई रोक्न ठुलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव उपनिरीक्षक शैलेले थापाले उपत्यकालाई प्रविधिलको प्रयोगमार्फत आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी टिभी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाइएको बताए ।