‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० बैशाख २२, शुक्रबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख २२,काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज जावलाखेल युथ क्लब र एएफसी खुमलटार तथा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब खेल्दैछन् ।

एक खेल दशरथ रङ्गशाला र एक खेल एन्फा मैदानमा हुनेछ । दिउँसो ३ बजे हुने खेलमा जावलाखेल युथ क्लब र एएफसी खुमलटार खेल्नेछन् । यो खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

यस्तै, दिउँसो ४ बजे नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब दशरथ रङ्गशालामा खेल्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस