आइसीसी विश्वकप छनोट : करण केसीले लिए ४ विकेट

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० अषाढ ५, मंगलबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार ५, काठमाडौँ । आइसीसी विश्वकप छनोटमा अमेरिकाविरुद्धको खेलमा नेपाली बलर करण केसीले ४ विकेट लिएका छन् ।

अमेरिकाको इनिङको पावरप्ले समेत नसकिँदै करणले ४ विकेट लिएका हुन् । यससँगै अमेरिका ब्याकफुटमा पुगेको छ ।

करणले पहिले स्टिभन टेलरलाई एलबीडब्लु आउट गरे । त्यसपछि साइतेजा मुकामल्लालाई आरिफ शेखको हातबाट क्याच आउट गराए ।

तेस्रो विकेटको रुपमा उनले कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए भने चौथो विकेटको रुपमा नोस्थुस केन्जीगेलाई आरिफ शेखको हातबाट क्याच आउट गराए । १० ओभरको खेल सकिँदासम्म ४ विकेटको क्षतिमा मात्रै १९ रन बनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस