प्रधानमन्त्री कप भलिबल प्रतियोगिता असारको अन्तिम साता

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० अषाढ १२, मंगलबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार १२, काठमाडौँ । नेपाल भलिबल सङ्घको आयोजनमा हुने सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही असारको अन्तिम सातामा हुने भएको छ ।

नेपाल भलिबल सङ्घले वार्षिक कार्यक्रमअनुसार उक्त प्रतियोगिता आगामी असार २३ देखि ३० गतेसम्म आयोजना गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब काठमाडौँ, केशवलाल स्मृति प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल सङ्घ र सैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लब रामेछाप गरी आठ टोलीको सहभागिता रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस