सामाजिक सुरक्षा योजनामा ६०६ प्रतिष्ठान सूचीकृत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ १४, सोमबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको २ महिनापछि देशभरका ६०६ रोजगारदाता (प्रतिष्ठान) यसमा सहभागी भएका छन्।

सरकारले मंसिर ६ गतेबाट नेपालभर लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आइतबारसम्म ६ सय ६ प्रतिष्ठानले सूचीकरणका लागि आवेदन दिएका छन्।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले अनलाईनमार्फत दर्ता भएका रोजगारदातामध्ये ३ सय प्रतिष्ठानलाई सूचीकरण गरेर सोमबार प्रमाणपत्र दिने बताए।

ऐन अनुसार काठमाडौं उपत्यकाभित्रका रोजगारदाता र सबै श्रमिक आपुर्तीकर्ताले मंसिर ६ देखि ३ महिनाभित्रमा सूचीकरण प्रक्रियामा जानुपर्ने छ।

ताजा अपडेट

खोजी गर्नुहोस