बालिकाको मृत्युपछि स्थानीयले जलाए ८ वटा टिपर, मोरङमा निषेधाज्ञा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ माघ १४, सोमबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौं । टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको ज्यान गएपछि मोरङको विराटनगरस्थित ९विराट चोक० तनावग्रस्त बनेको छ ।

आक्रोशित स्थानीयले विराटचोकमा ८ वटा टिपर जलाएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले जानकारी दिए । उनका अनुसार अहिले घटनास्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

विराटचोकबाट दक्षिण बेलेपुर उत्तर, सुकुना क्याम्पस पश्चिम बुधबारे चोकसम्म निषेधाज्ञा लागू गरिएको उनले बताए ।

स्थानीय प्रशासनले बेलुकासम्मका लागि निषेधाज्ञा जारी गरेको उनको भनाई छ । अहिले घटनास्थल आसपास क्षेत्रमा प्रहरी परिचालन गरिएको र अवस्था सामान्य बन्दै गएको उनले बताए ।

सोमबार बिहान विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा–९ की लक्ष्मी ढकालको मृत्यु भएको थियो ।

बाटो काट्दै गरेकी बालिका ढकाललाई टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

ठक्करपछि भाग्न खोज्दा उक्त टिपर बेलेपुर चोकमा रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना गराउने टिपरमाथि पनि आगजनी भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस