देशभर बदली, पश्चिम पहाडमा पानी पर्ने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ माघ १६, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १६, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांस भूभागमा बुधबारको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी र मध्य क्षेत्र लगायत पूर्वी पहाडी भूभागमा आशिंक बदली रहने मौसमविदले बताएका छन् ।

पश्चिमी पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । पश्चिमी भेगका उच्च पहाडी भूभागमा हिमपातको सम्भावना पनि रहेको मौसमविदको भनाई छ ।

बुधबार राति पनि मौसममा सामान्य बदली नै रहने छ । पश्चिमी र मध्य भेगका थोरै स्थानहरुमा राति हल्का वर्षा हुन सक्ने र उच्च पहाडी भूभागमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस