आज प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै, शोक प्रस्ताव प्रस्तुत गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २८, बिहिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र २८, काठमाडौँ । आज बिहीबार प्रतिनिधि सभा बैठक बस्दैछ ।

दिउँसो ३ बस्ने बैठकमा सभामुख देवराज घिमिरेले संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने छन् ।

आज शोक प्रस्ताव प्रस्तुत गर्ने एक मात्रै सम्भावित कार्यसूची रहेको छ । यसैगरी, आजै दिउँसो २ः३१ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस