शुल्क वृद्धि गर्न लागेको भन्दै तीन विद्यार्थी संगठनद्वारा आन्दोलनको चेतावनी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २९, शुक्रबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र २९, काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानले एकलौटी शुल्क वृद्धि गर्न लागेको भन्दै तीन विद्यार्थी संगठनले आन्दोलन गर्ने चेतावनी दिएका छन्।
नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियन नेपालले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुसंग यसअघि भएको सहमति बिपरित इन्जिनियरिङ अध्ययन संस्थानले एकलौटी शुल्क वृद्धि गर्न लागेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

यसअघि करिव ३ लाख रहेको शुल्कलाई बृद्धि गरि ७ लाख ७५ हजार पुराएपछि यसअघि आन्दोलित बिद्यार्थीहरु र प्रशासनबीच तत्काल शुल्क बृद्धि नगर्ने सहमति भएाको थियो। तर शुल्क समायोजन गर्न गठित ११ सदस्यीय समितिले पुन ५ लाख भन्दा बढि शुल्क लिन सिफारिस गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन्।

पत्रकार सम्मेलनमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले इन्जिनियरिङ अध्ययन संस्थानका कारण ०६२र६३ मा पनि नरोकिएको इन्जिनियरिङको परिक्षा रोकिएको आरोप लगाए।

ताजा अपडेट

खोजी गर्नुहोस