असोज ३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले दस्तावेज निर्माणका लागि सुझाव संकलनका लागि केन्द्रीय नेतालाई जिल्ला–जिल्लामा खटाएको छ । रास्वपाका महामन्त्री मुकुल ढकालले केन्द्रबाट खटाइएका १९ जना नेताले बुधबारदेखि आइतबारसम्म बसेर सुझाव संकलन गरेर ल्याउने जिम्मेवारी दिएको जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीको दस्तावेज निर्माण प्रक्रिया अन्तर्गत प्रथम चरणको जन आवाज सुन्ने कार्यक्रममा पार्टीका नेताहरू गाउँघर जान लागेको बताए। सांसद र केन्द्रीय सदस्यले ल्याएका सुझावलाई पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमा समावेश गरिने महामन्त्री ढकालको भनाई छ।
ढकालका अनुसार पार्टी सभापति रवि लामिछानेलाई रोल्पा, उपसभापति डोलप्रसाद अर्याललाई पर्सा, महामन्त्री ढकाललाई कालिकोट, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई बैतडी, प्रमुख सचेतक सन्तोष परियारलाई कपिलवस्तु, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कञ्चनपुर, सुमना श्रेष्ठलाई कैलाली, शिशिर खनाललाई रसुवा, डा तोसिमा कार्कीलाई डोटी, डा। स्वर्णीम वाग्लेलाई तनहुँ, मनिष झालाई पर्वत, गणेश पराजुलीलाई ओखलढुंगाको जिम्मेवारी दिएको छ ।
यसैगरी गणेश कार्कीलाई सिन्धुपाल्चोक, रमेश प्रसाईंलाई सुर्खेत, विपीन आचार्य संखुवासभा, हरि ढकाललाई सोलुखुम्बु, शंकर श्रेष्ठलाई इलाम कमल सुवेदीलाई रौतहट, क्रान्तिशिखा धिताललाई खोटाङ पठाउने भएको छ ।