धनगढी उपमहानगरपालिकाले विपन्न नागरिकलाई दाहसंस्कार खर्च दिंदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ३, बुधबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असोज ३, काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई आफन्तको मृत्युपछि गरिने दाहसंस्कार खर्च दिन सुरु गरेको छ । आफन्तको मृत्युपछि गरिने दाहसंस्कारका लागि विपन्न पीडित परिवारलाई ५ हजार रुपैयाँ खर्च दिन सुरू गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

बुधबार धनगढी उपमहानगरपालिका ७ का स्थानीय ७६ वर्षीय छङ्‍गा रानाको अन्तिम संस्कारका लागि मेयर गोपाल हमालले नगर प्रहरीमार्फत ५ हजार रुपैयाँ रानाको परिवारलाई उपलब्ध गराएका छन् ।

दाहसंस्कार वापत उपमहानगरपालिकाले पहिलो पटक आर्थिक सहयोग घोषणा गरेको हो । दाहसंस्कार अगाडि नै १८१०५००००९० टोल फ्री नम्बरमा फोन गरेर सहयोग मागे उपलब्ध गराउने हमालले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस