मौसममा बदली कायमै, आज सामान्य भोलि भारी वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ माघ २३, बुधबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ २३, काठमाडौं । देशका अधिकांश क्षेत्रमा बुधबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको सूचना अनुसार पश्चिमी भूभागमा पूर्ण बदली हुनुका साथै मध्य भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदलीको सम्भावना छ।

पश्चिमका केही स्थानमा सामान्य वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । त्यस्तै पश्चिम र मध्यका उच्च पहाडी भूभागमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

भोलि भने देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुने मौसमविदले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस