माघ २८,काठमाडौँ । नेपाल बिद्यार्थी संघ धादिङको अध्यक्षको जिम्मवारी फरक केन्द्रिय नेताको हस्ताक्षरमा फरक–फरक व्यक्तिले पाएका छन । केन्द्रिय प्रतिनिधी तथा केन्द्रिय सदस्यको हस्ताक्षरमा दिइएको जिम्मेवारीमा भिम भट्टलाई अध्यक्ष तोकिएको छ । गएको माघ ७ गते भएको जिल्लाको १४ औँ अधिवेशन सम्पन्न भएपछि नेबि संघको विधान २०२७ को सातौ संशोधन २०७५ बमोजिम भट्टलाई जिम्मेवारी दिइएको उनिहरुको दावी छ ।
केन्द्रिय अध्यक्ष महरको हस्ताक्षरमा विसुराललाई जिम्मेवारी
नेपाल विद्यार्थी संघको केन्द्रिय अध्यक्ष नैनसिंह महरको हस्ताक्षर प्राप्त पत्रमा भने सुवास विसुराललाई अध्यक्षको जिम्मेवारी दिइएको छ । पत्रमा विधान २०२७ को सातौ संशोधनकै अनुसार विसुरालललाई अध्यक्षको जिम्मेवारी दिइएको दावी गरिएको छ ।
विद्यार्थी कार्यकर्ता अन्यौलमा
दुई नेताबाट फरक फरक पत्र आएपछि नेपाल विद्यार्थी संघका कार्यकर्ता भने अन्यौलमा परेका छन । यता संगठनका मुख्य सचिव डिल्लीराज हमालले जारी गरेका विज्ञप्तीमा विभिन्न समयमा रिक्त पदहरुको मनोनयनपत्रको नक्कली स्क्यानिङ गरी सामाजिक सञ्जालमा पोष्ट गरिएको भन्दै त्यस विरुद्ध साईबर क्राईमको मुद्धामा जाने बताइएको । देशभरी नै यस्तो समस्या देखिएपछि नेबि संघको विवाद थप पेचिलो बनेको छ । मातृ पार्टीका नेताहरुले विद्यार्थी संगठनको विवादलाई मत्थर पार्ने कोशिस गरेपनि त्यो सम्भव देखिएको छैन । झन केन्द्रिय अध्यक्ष महरले सोमबार दिएको राजिनामा स्वीकृत भएपछि संगठनमा थप जटिलता उत्पन्न भएको नेताहरुले विश्लेषण गरेका छन ।